काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार एकल अंकले बढेको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा समूह घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५२ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.३९ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १५७ कम्पनीको शेयरभाउ बढेको छ भने १०२ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिलायन्स स्पिनिङ मिल्सः ३० करोड ७१ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २५ करोड ९७ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः २३ करोड ९७ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १४ करोड ८९ लाख रुपैयाँ
- कर्पोरेट डेभलपमेन्ट बैंकः १२ करोड ८८ लाख रुपैयाँ
- होटल फरेष्ट इनः १२ करोड ४० लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड १२ लाख रुपैयाँ
- झापा इनर्जी १० करोड ४२ लाख रुपैयाँ
- रिडी पावरः ९ करोड ६३ लाख रुपैयाँ
- पाल्पा सिमेन्टः ८ करोड ९२ लाख रुपैयाँ












