काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार एकल अंकले बढेको छ। नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा समूह घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.०९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.४१ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १३७ कम्पनीको शेयरभाउ बढेको छ भने ११८ वटा कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार अपी पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- अपी पावरः ३२ करोड ६८ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २१ करोड १३ लाख रुपैयाँ
- एसवाई प्यानलः १५ करोड ५१ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १५ करोड ५१ लाख रुपैयाँ
- रिडी पावरः १३ करोड १४ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः १२ करोड ७६ लाख रुपैयाँ
- राधी विद्युतः १० करोड ८७ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः ७ करोड ८३ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ६ करोड ८० लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः ६ करोड ६१ लाख रुपैयाँ












