IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह ०.२२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक २.२९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ४२ कम्पनीको शेयरभाउ बढेको छ भने २१२ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज पौने ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिडी पावरः ७७ करोड १९ लाख रुपैयाँ
  • एसवाई प्यानलः ५४ करोड ४ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ४८ करोड ४३ लाख रुपैयाँ
  • लिबर्टी इनर्जीः ३७ करोड १ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ९१ लाख रुपैयाँ
  • राधी विद्युतः २७ करोड २ लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः २६ करोड ८२ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २४ करोड ३८ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः २४ करोड १० लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्टी बैंकः २१ करोड ६३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS