काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा आज नेप्से उपसमूहमा रहेका सबै १३ वटा समूह बढेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.६१ प्रतिशतले बढेको छ।
आज बजारमा १६३ कम्पनीको शेयरभाउ बढेको छ भने ८९ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्रीन भेन्चर्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ग्रीन भेन्चर्सः १७ करोड ७९ लाख रुपैयाँ
- बन्दीपुर केबलकारः १५ करोड ८८ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः १३ करोड ५८ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १२ करोड ९१ लाख रुपैयाँ
- शिवम सिमेन्टः १२ करोड ४३ लाख रुपैयाँ
- नेपाल हाइड्रोः ११ करोड ८८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ११ करोड २२ लाख रुपैयाँ
- बुटवल पावरः १० करोड ८६ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः १० करोड ३८ लाख रुपैयाँ
- एसवाई प्यानलः ९ करोड २३ लाख रुपैयाँ












