काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा समूह घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.३६ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक ०.९१ प्रतिशतको गिरावट देखिएको छ।
ज बजारमा ७८ कम्पनीको शेयरभाउ बढेको छ भने १८७ वटाको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार मकर जितुमाया सुरी हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













