IME Life New

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा मात्रै समूह बढेको छ। आज होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक १.२७ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ४८ कम्पनीको शेयरभाउ बढेको छ भने २१५ कम्पनीको घटेको छ। बजारमा आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज पौने ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सोलु हाइड्रोपावरः ३७ करोड ७ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ३० करोड १९ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २३ करोड ४१ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः २२ करोड २३ लाख रुपैयाँ
  • एसवाई प्यानलः १८ करोड ८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ८७ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १२ करोड ९७ लाख रुपैयाँ
  • रिडी पावरः १२ करोड ७९ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १२ करोड ६५ लाख रुपैयाँ
  • सालपा विकास बैंकः ११ करोड ७९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS