काठमाडौं । शेयर बजार काराबारको अन्तिम दिन शुक्रबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ०.९३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.१६ प्रतिशतको गिरावट आएको छ।
यो दिन बजारमा १८० कम्पनीको शेयरभाउ बढेको छ भने ८२ कम्पनीको घटेको छ। आज १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भइरहेको छ।
उच्च कारोबार भएका १० कम्पनी













