काठमाडौं । शेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को विन्दुमा झरेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।
आज बजारमा २६ कम्पनीको शेयरभाउ बढ्दा २३७ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब १३ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन रिडी पावरको सबैभन्दा बढी कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिडी पावरः ६८ करोड ४१ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४३ करोड ८१ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४३ करोड ८० लाख रुपैयाँ
- अपी पावरः ३८ करोड ५६ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ३७ करोड ८७ लाख रुपैयाँ
- एसवाई प्यानलः ३३ करोड ७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड ९३ लाख रुपैयाँ
- हिमालय ऊर्जाः ३१ करोड ६४ लाख रुपैयाँ
- कुमारी बैंकः ३० करोड ७ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २८ करोड ४५ लाख रुपैयाँ












