काठमाडौं । शेयर बजार बिहीबार पनि उच्च अंकले बढेको छ। नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ।
बजारमा आज २५१ कम्पनीको शेयरभाउ बढ्दा १६ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ९ अर्ब ९१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेसनल हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेसनल हाइड्रोपावरः ४३ करोड ४७ लाख रुपैयाँ
- रिडी पावरः ४१ करोड ३४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ३९ करोड ८६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३६ करोड ६२ लाख रुपैयाँ
- एसवाई प्यानलः ३४ करोड ६८ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ३४ करोड ३८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ३१ करोड ३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३० करोड ९९ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः २८ करोड ४१ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः २८ करोड १ लाख रुपैयाँ












