IME Life New

नेपालमा जीवन बीमकको दाबी भुक्तानी अनुपात कहिले सार्वजनिक गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हामीमध्ये धेरैजसोले भविष्यमा आइपर्न सक्ने कुनै पनि दुर्भाग्यपूर्ण वा अप्रत्याशित जीवन घटनाहरूमा हाम्रा प्रियजनलाई आर्थिक रूपमा सुरक्षित राख्न जीवन बीमा गराउँछाैं । बीमितले निश्चित अवधि सम्म नियमित रूपमा बीमकलाइ बीमाशुल्क भुक्तानी गर्छ । नियमित भुक्तानी गर्नुको उद्देश्य के हो भने बीमितको अप्रत्याशित मृत्यु भएको अवस्थामा उनीमाथि आश्रित परिवारका अन्य सदस्यले बीमकबाट रकम भुक्तानी पाउनेछन् र, बाँकी जीवन सहज हुनेछ।

तर, तपाईको बीमकले बीमितले गरेको दाबीलाई समयमै भुक्तानी गर्दैन भने, जीवन बीमा गर्नु व्यर्थ हुन सक्छ। तपाईको जीवन बीमा कम्पनीले आफ्ना बीमितहरूले गरेको दाबीहरूमा समयमै भुक्तानी गर्छ कि गर्दैन भनेर तपाई कसरी पत्ता लगाउन सक्नुहुन्छ ? वर्षभरि बीमकले प्राप्त गरेको कुल दाबीको कति प्रतिशत भुक्तानी गर्छ र कति ढिलाइ हुन्छ ?

Esewa
Crest

तपाईको जीवन बीमक दाबी भुक्तानीमा कति प्रभावकारी छ भनेर बुझ्न, तपाई दाबी भुक्तानी अनुपातको मद्दत लिन सक्नुहुन्छ। तर नेपालमा कुनै जीवन बीमकले दाबी गरेको आधारमै पत्याउनुबाहेक अर्को उपाय छैन। र अधिकांश जीवन बीमक वा निर्जीवन दुबै खाले बीमकले दाबी भुक्तानीको अनुपात सार्वजनिक नै गर्दैनन् । नेपाल बीमा प्राधिकरणले भने अझैसम्म यस्तो तथ्यांक प्रकाशनमा ल्याएको छैन। स्वयम् बीमकले पनि पारदर्शिरूपमा यस्तो तथ्यांकहरू सर्वसाधारणको जानकारी ल्याउने अभ्यास नेपालमा अझै पनि छैन ।

छिमेकी मुलुक भारतमा बीमा नियामकले बीमा नियमन तथा विकास प्राधिकरणले यस्तो तथ्यांक वार्षिक रूपमा प्रकाशन गर्दै आएको छ। यही प्रकाशित आधिकारिक तथ्यांकलाइ नै बीमकले आफ्नो व्यापारको प्रचार प्रसार गर्न र बीमितको विश्वास्त जित्ने औजारका रूपमा प्रयोग गरिरहेका छन् ।

भारतमा जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी अनुपात ९५ प्रतिशत देखि शत प्रतिशतसम्म छ। दक्षिण एशियाली मुलुकमध्ये दाबी भुक्तानीको अवस्था बंगलादेशमा सबैभन्दा खराब छ। त्यहाँ कुल दाबीको मुश्किलले १५ प्रतिशत रकम बीमितले दाबी भुक्तानी प्राप्त गरिरहेका छन् ।

कुनै समयमा एउटा जीवन बीमकले सर्वाधिक बोनश दर भन्दै बजार प्रवर्द्धन गरिरहँदा माैन बसेको प्राधिकरणले त्यो बीमकले भन्दा अरूले बढी बोनश बाँड्ने अवस्था आएपछि सर्वाधिक बोनश दर भन्ने शब्दावली प्रयोग गरेर विज्ञापन नगर्न सबै बीमकलाई उर्दी नै जारी गर्‍यो। अहिले मृत्यु दाबी भुक्तानी फर्छ्याैटको तथ्यांक पनि प्राधिकरणले बीमकहरूबाट नियमित संकलन गर्ने तर सर्वसाधारणको जानकारीका लागि प्रकाशन नगर्ने प्रवृत्ति छ।

कुन बीमकले मृत्यु दाबी वापतको रकम कति छिटो र कति बढी परिमाण र प्रतिशतमा दिएको छ भन्ने जानकारी पाउनु बीमितको अधिकार हो। कुनै जीवन बीमकसँग बीमा गर्ने वा नगर्ने बारेमा उपयुक्त निर्णय लिनका लागि यो पनि एउटा महत्वपूर्ण मापदण्ड हो।

दाबी भुक्तानी अनुपात के हो?

दाबी भुक्तानी अनुपातले बीमा कम्पनीले कुनै विशेष अवधिमा प्राप्त गर्ने कुल दाबीहरूमध्ये कतिवटा दाबीहरू भुक्तानी गर्छ भन्ने तथ्यलाई जनाउँछ। उदाहरणका लागि, यदि कुनै बीमकको ३० दिनको भुक्तानीको लागि ९५ प्रतिशत दाबी भुक्तानी अनुपात छ भने, यसको अर्थ कम्पनीले दाबी प्राप्त गरेको ३० दिन भित्र बीमितबाटबाट प्राप्त हुने प्रत्येक १०० दाबीमध्ये ९५ दाबीहरूको भुक्तानी गर्ने सम्भावना हुन्छ।

दाबी भुक्तानी अनुपातले बीमितलाई दाबी गरेमा बीमकले कति सहजरूपमा भुक्तानी गर्नेछ भन्ने कुरा मापन गर्न मद्दत गर्न सक्छ। बीमितको दृष्टीकोणबाट उच्च दाबी भुक्तानी अनुपात, अर्थात् १०० प्रतिशतको नजिक, उपयुक्त मानिन्छ, किनकि यसले बीमक विश्वसनीय छ भनेर संकेत गर्छ। र। ३० दिनको छोटो समयावधिमा बीमितहरूबाट प्राप्त करिब सबै दाबीहरूलाई पुरा गर्छ भन्ने प्रमाण दिन्छ।

यदि कुनै बीमा कम्पनीको दाबी भुक्तानी अनुपात कम छ भने, यसले कम्पनीसँग ढिलासुस्ती गर्ने वा आनाकानी गर्ने प्रवृत्ती रहेको रहेको प्रतिबिम्बित गर्दछ।

बीमकको विश्वसनियता जाँच्नका लागि दाबी भुक्तानी अनुपात एक महत्त्वपूर्ण मानक भएपनि, यो एक मात्र कारक हुनु हुँदैन जसको आधारमा तपाईले आफ्नो जीवन बीमकबारे निर्णय गर्नुहुन्छ। अन्तिम निर्णय लिनु अघि तपाईले प्रस्ताव गरिएको जोखिम बहन र भुक्तानी गर्नुपर्ने बीमाशुल्क जस्ता अन्य कारकलाई पनि विचार गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS