IME Life New

निर्जीवन बीमकले ८ महिनामा साढे २८ अर्ब बढीको व्यापार भित्र्याउँदा कुन क्षेत्रबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म निर्जीवन बीमकहरुले साढे २८ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले २० लाख ७३ हजार ४६३ वटा बीमालेख जारी गरेर २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। कुल व्यापारमा मोटर बीमाको हिस्सा सर्वाधिक देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीहरुले मोटर बीमामार्फत ८ अर्ब ६० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको ३०.०६ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी फागुनसम्म बीमा कम्पनीले सम्पत्ति बीमामार्फत ७ अर्ब १६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २५.०५ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म इन्जिनियरिङ तथा ठेक्का बीमामार्फत कम्पनीहरुले ४ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापार यो क्षेत्रको हिस्सा १६.२१ प्रतिशत रहेको छ।

बीमा कम्पनीहरुले फागुनसम्म विविध बीमातर्फ ३ खर्ब १७ करोड ६६ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ, पशुपन्छी तथा कृषि बीमातर्फ १ अर्ब ९ करोड १७ लाख रुपैयाँ र लघु बीमातर्फ ५९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापार विविध बीमाको ११.१०२ प्रतिशत, हवाई बीमाको ५.८७ प्रतिशत, सामुद्रिक बीमाको ५.८२ प्रतिशत, पशुपन्छी तथा कृषि बीमाको ३.८२ प्रतिशत र लघु बीमाको २.०७ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS