IME Life New

‘अप्रिल फुल डे’ कहिलेदेखि मनाउन थालियो ? यस्तो छ रोचक इतिहास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि अप्रिल १ मा विश्वभर ‘अप्रिल फुल डे’ मनाइँदैछ। यो एक दिन हो जब मानिसहरु साथी र परिवारसँग मजाक गर्छन्। ठट्टाका अलावा एक–अर्कालाई चुट्किला पनि सुनाउँछन्। यसो गर्न सफल भएपछि ‘अप्रिल फूल’ भनेर नारा लगाउँछन्।

सबैले यो दिन आ–आफ्ना मानिससँग विभिन्न तरिकाले मनाउँछन्। तर, के तपाइँले कहिल्यै सोच्नुभएको छ कि यो कसरी सुरु भयो वा किन मनाइन्छ ? यदि छैन भने हामी तपाइँलाई यो रोचक दिनको इतिहास बताउन गइरहेका छौँ।

Esewa
Crest

अप्रिल फुल डे कहिले र कसरी सुरु भयो ?

अप्रिल फुल डेको पछाडि धेरै कथा छन्। अप्रिल फुल मनाउने सुरुआत चासरको ‘क्यान्टरबरी टेल्स’ को कथा ‘नन्स प्रिस्ट टेल’ मा पाइन्छ। यो सन् १३८१ मा सुरु भएको भनिन्छ। त्यस समयमा इंग्ल्यान्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानी एनीको विवाहका लागि रोक्का घोषणा गरिएको थियो।

राजाले आफ्नो र रानी एनीको रोक्का मिति मार्च ३२ हो भनेर जनतालाई भनेका थिए। त्यहाँका मानिसले पनि राजाले भनेको कुरा बुझ्न र विश्वास गर्न सकेनन्। राजाको विवाहका अवसरमा चारैतिर उत्सवको माहोल थियो। बजारहरु सजिएका थिए। मानिसहरु तयारीमा व्यस्त थिए। जब अचानक उनीहरुले थाहा पाए कि क्यालेन्डरमा मार्च ३२ मिति छैन। यसपछि सबैले आफूलाई मूर्ख बनाएको महसुस गरे।

अप्रिल फुल डे ब्रिटेनभर फैलियो। स्कटल्यान्डमा अप्रिल फुल डे दुई दिनसम्म रहन्छ। जहाँ दुराचार गर्नेहरुलाई गौक्स (कोयल चरा) भनिन्छ। अप्रिल फुल डेलाई सबैले मूर्ख दिवस भनेर पनि चिन्छन्।

कसरी मनाउने अप्रिल फुल डे ?

यस दिन मानिसहरु एक–अर्कासँग ठट्टा गर्छन्। धेरै मानिसहरु यस्तो ठट्टा गर्छन् कि अगाडिको मान्छे स्तब्ध रहन्छ। कसैले फेक न्युज फैलाउँछ त कसैले यस्तो मूर्ख बनाउँछ कि अगाडिको मान्छे हास्न बाध्य हुन्छ।

अप्रिल फुल डेको महत्व

आजकल मानिसहरु रमाइलो गर्छन्। यो मजाकहरु साझा गर्ने र आफ्ना साथीहरु र प्रियजनहरुलाई मजाक गर्नेमात्र होइन तर खुसी फैलाउनेबारे पनि हो। चुट्किला र हासो साटासाट गर्नाले सबैलाई हृदयदेखि हसाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS