IME Life New

चुनावपछि कस्तो होला शेयर बजार ? यसो भन्छन् जानकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा जनलहर देखिएको छ।

विशेषगरी रास्वपाले काठमाडौ महानगरपालिकाको नेतृत्व गरेका बोलन साहलाई वरिष्ठ नेता बनाउँदै भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेपछि युवापुस्ताको क्रेज रास्वपामा झनै देखिएको छ। पछिल्लो मत परिणामअनुसार पनि रास्वपा अन्य पराम्परागत दलहरुभन्दा धेरै अगाडि रहेको छ।

Esewa
Crest

राजनीतिक विश्लेषकहरु रास्वपाले स्पष्ट रुपमा बहुमत ल्याउनमा विश्वस्त छन्। अझ केही त रास्वपाले दुई तिहाइ सिट जित्नेमा ढुक्क छन्।
देशमा स्थिर सरकार बन्ने लगभग निश्चित हुँदा शेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने विषयमा इन्स्योरेन्स खबरले केही बजार जानकारसँग जिज्ञासा राख्यो। उनीहरु सबैजसो बजार अब सकारात्मक बन्नेमा विश्वस्त देखिए।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनिया रास्वपाको सरकार बनेपछि शेयर बजार र अर्थतन्त्र चलायमान हुने बताउँछन्। ‘मत परिणामहरुले रास्वपाले दुई तिहाइ सिट ल्याउन देखिन्छ’, उनले भने, ‘यसो भएमा एउटा स्थिर सरकार बन्छ। जनताले पनि त्यही चाहेका थिए। अब त्यो पूरा हुँदैछ।’

यसअघि ३७ वर्षमा ३० वटा सरकार बन्दा अर्थतन्त्रले लय लिन नसकेको रौनियारको ठम्याइ छ। ‘छिटो–छिटो सरकार परिवर्तन हुँदा जनता आजित भएका थिए’, उनले भने, ‘नेता–मन्त्रीको दाउन्न पनि देश बनाउनेमा थिएन।’

अहिले जनता रास्वपाको पक्षमा रहेको चुनावी नतिजाले पनि देखाउने रौनियारले बताए। ‘जनताले रास्वपालाई रुचाएका छन्’, उनले भने, ‘शेयर बजारका लगानीकर्ता पनि रास्वपाको सरकार बन्ने भएपछि उत्साहित बनेका छन्। लगानीकर्ताको मनोबल बढ्दा बजार पनि बढ्छ।’

अर्कोतर्फ अर्थतन्त्री राम्रोसँग बुझेका स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएपछि शेयर लगानीकर्ता झनै उत्साहित रहेको रौनियारको भनाइ छ। ‘यसको नतिजा आउँदो सोमबारबाट शेयर बजारमा देखिनेछ’, उनले भने।

रौनियारका अनुसार अहिले अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्। ‘अर्थमन्त्री बनेपछि वाग्ले अर्थतन्त्र र शेयर बजार अनुकूल नीतिगत व्यवस्था बनाउनेमा हामी ढुक्क छौँ’, उनले भने।

बजार जानकार तारा फुल्लेल रास्वपाले दुई तिहाइ सिट जित्नेमा ढुक्क छन्। ‘अहिले जुन हिसाबले मत परिणाम आइरहेको छ, त्यसबाट रास्वपाले दुई तिहाइको सरकार बन्ने आशा गर्न सकिन्छ’, उनले भने, ‘यसो भएमा ५ वर्षका लागि स्थिर सरकार बन्छ। दुई तिहाइको सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन पाउँदैन।’

सरकार बनेपछि रास्वपाले शेयर बजारलाई आफ्नै ढंगले सञ्चालन हुने वातावरण बनाउने फुल्लेल बताउँछन्। ‘स्थिति नीतिगत व्यवस्था बन्ला। विकास निर्माणका गति अगाडि बढ्लान्’, उनले भने, ‘अर्थतन्त्र चलायनमान बनाउने नीतिगत व्यवस्था भएपछि शेयर बजारले पनि गति लिन्छ।’

शेयर लगानीकर्ता पनि रास्वपाको सरकार शेयर बजार पनि सकारात्मक नै रहनेमा विश्वस्त रहेको फुल्लेलको भनाइ छ। ‘अब बन्ने सरकारले लगानीकर्ताको मनोबल काम गर्छ भन्ने सबैलाई छ’, उनले भने।

अर्का बजार जानकार प्रेम वलीको धारणा पनि फुल्लेलसँग मिल्दोजुल्दो रहेको छ। ‘रास्वपाले चुनावी घोषणापत्रै शेयर बजारको विकास र विस्तारबारे सकारात्मक अजेन्डाहरु ल्याएको छ’, उनले भने, ‘रास्वपाले बहुमतको सरकार बनाउँदै गर्दा ती अजेन्डा पूरा गर्नेमा लगानीकर्ता आशावादी छन्। त्यसैले लगानीकर्ता बढ्यो भने बजारले पनि गति लिन्छ।’

रास्वपाले भावी अर्थमन्त्रीका रुपमा स्वर्णिम वाग्लेलाई अघि सारेकोले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने वलीको भनाइ छ। ‘रास्वपा सभापति रवि लामिछानेले चुनावी सभामा वाग्लेलाई आगामी बजेट निर्माणको तयारीमा जुट्न भनेका थिए, यो हिसाबले अबको अर्थमन्त्री वाग्ले नै हुनेछन्’, उनले भने, ‘वाग्ले अर्थतन्त्र बुझेका व्यक्ति भएकोले सकारात्मक नीतिगत व्यवस्था ल्याउनेमा लगानीकर्ता ढुक्क छन्।’

कर्जा प्रवाहलाई गति दिन निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण रास्वपाको सरकारले बनाउनेमा वली ढुक्क छन्। ‘निजी क्षेत्रको मनोबल बढेमा शेयर बजारले पनि आफ्नो लयमा चलिहाल्छ नि’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS