IME Life New

जीवन बीमालेख व्यतित भएमा बीमितलाई कस्तो असर पर्न सक्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमालेखको अवधिभर बीमालेखको निरन्तरता सुनिश्चित गर्नु बीमितको जिम्मेवारी हुन्छ। विशेषगरी जीवन बीमामा लामो समयका लागि बीमालेख जारी गरिएको हुन्छ। बीमितले बीमालेख खरिद गर्ने समयमा नै कहिले कहिले बीमाको किस्ता वापतको रकम जम्मा गर्ने भन्ने तय गरिएको हुन्। यसरी तय गरिएको अवधि र मितिभित्र बीमितले निरन्तर बीमाशुल्क भुक्तानी जारी राख्नुपर्छ।

भुक्तानी गर्नुपर्ने किस्ता नियमितरूपमा नतिरेमा बीमालेख व्यतित हुन जान्छ। बीमाको किस्ता रकम भुक्तानी गर्नुपर्ने मिति बाहेक बीमितलाई मोहलत अवधि समेत दिइएको हुन्छ। वार्षिक वा अर्द्ध वार्षिक भुक्तानी गर्ने तरिकामा ३० दिनको र त्रैमासिक वा मासिक किस्ता भुक्तानी तरिकामा १५ दिनको अवधि दिइएको हुन्छ।

Esewa
Crest

मोहलत अवधि नाघेपछि बीमालेख व्यतित अवस्थामा हुन्छ। बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेपछि बीमालेख पूर्णतः व्यतित अवस्थामा जान्छ। यस्तो अवस्थामा भएको जीवन बीमालेखको हकमा बीमितले वा निजको इछ्याइएको वा कानूनी हकवालाले बीमालेखको शर्त अन्तर्गत दाबी भुक्तानी पाउने अवस्था रहँदैन, वञ्चित हुन्छन्। व्यतित बीमालेख पुनर्जागरण नगराउँदासम्म यो स्थिति कायमै रहन्छ।

बीमालेख पुनर्जागरण गराउन व्यतित अवधिको आधारमा बीमितले आफ्नो स्वास्थ्य अवस्था सम्बन्धमा स्वघोषणा वा चिकित्सकीय परिक्षण प्रतिवेदन सहित बीमा कम्पनीमा निवेदन दिनुपर्छ। पुनर्जागरण गर्दा बीमितले भुक्तानी गर्न बाँकी रहेको विगत अवधिको सम्पूर्ण बीमाशुल्क किस्ता भुक्तानी गर्नुपर्छ। बीमालेख व्यतित अवधिको आधारमा बीमा कम्पनीले हर्जाना ब्याजवापतको थप रकम पनि बीमितसँग संकलन गर्छन्। यो रकम नियमित किस्ता भुक्तानी नगर्दाको जरिवाना सरह नै हो।

एक पटक बीमालेख व्यतित भइसकेपछि पुनर्जागरण गर्ने समयमा पुनर्जागरण गर्ने नगर्ने निर्णय लिने अधिकार पूर्णतः बीमकमाथि निर्भर हुन्छ। बीमितको स्वास्थ्य अवस्था बिग्रिएको देखिएमा वा जटिल रोगबाट ग्रस्त रहेको प्रमाणित भएमा बीमकले बीमालेखको पुनर्जागरण प्रस्ताव अस्वीकृत गरिदिन सक्छ।

बीमा गर्दाको समय भन्दा बीमालेख पुनर्जागरण गर्ने समयमा बीमितको शारीरिक वा स्वास्थ अवस्थामा परिवर्तन आएको हुनसक्छ। उमेरको कारणले, जीवनशैलीले वा दुर्घटनाका कारण यस्तो अवस्थाको संभावना रहन्छ। पहिलेको भन्दा फरक शारीरिक अवस्था वा स्वास्थ्य स्थिति देखिएमा बीमा कम्पनीले अतिरिक्त बीमाशुल्क थप्न सक्छ। यसो हुँदा बीमितलाई बीमालेख महँगो पर्ने जोखिम हुन्छ।

त्यसैले बीमालेख व्यतित हुने अवस्था आउन नदिन बीमित, अभिकर्ता र बीमक तीनवटै पक्षले निम्न पक्षहरूमा ध्यान दिनुपर्छः

१) बीमालेख बिक्री गर्ने समयमा नै अभिकर्ताले बीमितको वास्तविक कमाइ र सामर्थ्य अनुसारको उपयुक्त बीमालेख प्रस्ताव गर्ने

२) बीमितले नियमितरूपमा बचत गर्न सक्ने क्षमताको उपयुक्त मूल्याङ्कन गरेर बीमाङ्क निर्धारणमा अभिकर्ताले मद्दत गर्ने

३) बीमालेख प्रस्तावमा बीमितको सम्पर्क विवरणहरू नाम, ठेगाना, मोबाइल नम्बर, इमेल ठेगाना, वैकल्पिक मोबाइल नम्बर स्पष्टरूपमा उल्लेख गर्ने

४) बीमालेख प्रस्तावमा बीमितले इछ्याएको व्यक्तिको पुरा नाम, ठेगाना, मोबाइल नम्बर र इमेल ठेगाना उल्लेख गर्ने

५) बीमितले आफ्नो मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा तत्कालै बीमा कम्पनीमा बिमित पहिचान फारम भरेर नयाँ मोबाइल नम्बर अध्यावधिक गराउने

६) बीमित लामो समयका लागि विदेश प्रस्थान गर्न लागेको भए बीमकलाई जानकारी गराएर इमेलमार्फत अनिवार्यरूपमा नविकरण सूचना प्राप्त हुने सुनिश्चित गर्ने

७) नविकरण किस्तावापतको रकम भुक्तानी मिति आउनु १५ दिन अघि देखि कम्तीमा ३ पटकसम्म बीमितलाइ इमेल र मोबाइल नम्बरमा सूचना दिने

८) बीमकले ग्राहक सेवा केन्द्रमार्फत समेत बीमितलाई टेलिफोन सम्पर्क गरेर नविकरण किस्ताको रकम र किस्ता भुक्तानी गर्नुपर्ने मितिबारे जानकारी दिने

९) अभिकर्ताले बीमितसँग निमयित सम्पर्कमा रहने र बीमाशुल्क किस्ता तिर्नुपर्ने मितिबारे निमयित जानकारी गराउने

१०) बीमालेख बिक्री गर्ने समयमा मात्र बीमितसँग सम्पर्क राख्ने काम नगरेर कम्तीमा बीमा अवधिभर कुनै न कुनै माध्यमबाट बीमितसँग सम्पर्कमा रहने। यसका लागि चाडपर्वको शुभकामना, बीमितको जन्मदिनको शुभकामना, नयाँ बीमालेखबारे जानकारी, बीमा कम्पनीको प्रगती सम्बन्धि विवरण समेटिएको सूचना लगायतको आदान प्रदानबाट बीमितसँग सम्पर्कमा रहन सहज हुन्छ।

११) व्यवसायीक अभिकर्ताले बीमालेख बिक्रीका लागि मात्र नभएर जनसम्पर्क कायम राख्न र दिर्घकालीन सम्बन्धनका लागि नियमितरूपमा बीमितको घरदैलो वा कार्यालयमा भेटघाट गर्ने हालखबर सोधपुछ गर्ने कार्य गरेमा बीमितको अवस्थाबारे अध्यावधिक हुने अवसर प्राप्त हुन्छ।  बीमितलाइ आवश्यक पर्दा उपयुक्त वित्तीय सल्लाह दिएर सघाउ पुर्‍याउन सहज हुन्छ। यसबाहेक बीमितको आर्थिक वा पारिवारिक अवस्थामा हुने परिवर्तनबारे अवगत भएर बीमाको नयाँ अवसर छोप्न समेत अभिकर्तालाई सहज हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS