IME Life New

विद्युतीय भुक्तानी कार्डमार्फत कस्ता सेवाहरु लिन सकिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय भुक्तानी कार्डमार्फत सेवाग्राहीले विभिन्न सेवाको उपभोग गर्न पाउँछन्।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरु (बैंक तथा वित्तीय संस्था र बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्था)ले विद्युतीय भुक्तानी कार्ड आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँछन्। त्यस्ता कार्डमा प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड हुन्छन्।

Esewa
Crest

ती कार्डमा निम्नलिखित सेवा उपभोग गर्न सकिन्छः

  • खातामा रहेको मौज्दात तथा कारोबारसम्बन्धी विवरण प्राप्त गर्न सकिन्छ।
  • अटोमेटेड टेलर मेसिन (एटीएम) वा क्यास डिपोजिट मेसिनबाट नगद कारोबार गर्न सकिन्छ।
  • वस्तु खरिद वा सेवा उपभोग गरेबापतको रकम प्वइन्ट अफ सेल (पीओएस), प्वइन्ट अफ ट्रान्ज्याक्सन (पीओटी) मेसिन, इन्टरनेट वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिन्छ।
  • विद्युत माध्यमबाट तेस्रो पक्षको खातामा रकमान्तर गर्न सकिन्छ।

सेवाग्राहीले विद्युतीय कार्डहरु लिँदा त्यससँग सम्बन्धित विषयमा जानकारी लिने गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS