IME Life New

कस्ता झुत्रा बैंक नोट साट्न मिल्दैन ? यस्तो छ व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झुत्रा बैंक नोट साट्न सकिने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ मा भएको व्यवस्थाबमोजिम सट्टा भर्ना माग गर्न सकिन्छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सूचना जारी गर्दै झुत्रा बैंक नोट सट्टा भर्नासम्बन्धी जानकारी गराएको हो। तर, नियमावलीमा तोकिएको मापदण्ड प्रतिकूलका झुत्रा नोट भने सट्टा भर्न सकिँदैन।

Esewa
Crest

नियमावलीबमोजिम डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको बैंक नोटको सट्टा भर्ना नहुने व्यवस्था रहेको छ।

नियमावलीअनुसार कसैसँग रहेको बैंकनोट आगोमा पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कुनै कारणले चलनचल्ती योग्य नभएमा त्यस्ता नोटको साटोमा नयाँ तथा सुकिलो नोट सट्टा भर्ना माग गर्न सकिन्छ। त्यस्ता चलनचल्तीमा अयोग्य भएका नोटको सट्टा भर्नाको दाबीका लागि राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्छ।

आगलागी वा दैवी प्रकोपमा परेका नोटको सट्टा भर्नाका लागि स्थानीय तह वा प्रहरी कार्यालयको सिफारिस आवश्यक पर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ।

राष्ट्र बैंकले नोटको जतन गर्न र झुत्रा नोटको समयमा दाबी गर्न पनि सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS