IME Life New

यी दुई म्युचुअल फन्डको मूल्य समायोजनपछि इकाइ भाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको इकाइमूल्य समायोजन गरेको छ।

नेप्से नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३को मूल्य समायोजन गर्दै प्रतिकित्ता क्रमशः ९.५१ रुपैयाँ र ९.३१ रुपैयाँ कायम गरेको छ। बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार यी दुवै म्युचुअल फन्डको इकाइमूल्य क्रमशः १०.८१ रुपैयाँ र १०.६१ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै म्युचुअल फन्डका इकाइ कारोबारमा आउनेछन्।

Esewa
Crest

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले आर्थिक वर्ष २०८१।८२ का लागि घोषित नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ को लाभांश वितरण गर्न भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ १९ गते (भदौ २० गते शुक्रबार र २१ गते शनिबार)सम्म कायम इकाइधनीहरु यी दुवै योजनाको लाभांश पाउन योग्य भएका छन्।

उक्त आर्थिक वर्षको मुनाफाबाट ती दुवै योजनाका लागि इकाइधनीहरुलाई करसहित समान १३–१३ प्रतिशत नगद प्रतिफल वितरण गरिँदैछ। योजना व्यवस्थापकअनुसार नबिल ब्यालेन्सड् फन्ड–२ का इकाइधनीहरुलाई कुल १४ करोड ५६ लाख रुपैयाँ र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीहरुलाई कुल १६ करोड २५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ।

यी दुवै बन्दमुखी योजना हुन्। यी योजनाको कोष प्रवद्र्धकका रुपमा नबिल बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS