IME Life New

शेयर बजारमा गैरकानुनी गतिविधि रोक्न कस्तो रणनीति अपनाउँदैछ धितोपत्र बोर्ड ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न विभिन्न रणनीति अपनाउने भएको छ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२।८३ को वार्षिक नीति तथा कार्यक्रममा बजारमा हुने गैरकानुनी गतिविधिलाई कम गर्ने विभिन्न रणनीति समावेश गरेको हो। धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएका धितोपत्रलगायतको रियल टाइम सर्भिलेन्स र नियमित रुपमा बजार कारोबारको अनुगमन तथा सुपरिवेक्षण गरी सुपरिवेक्षणका क्रममा कुनै गलत अभ्यास भएको देखिएमा सोको जाँचबुझ गरिने धितोपत्र बोर्डले रणनीति बनाएको छ।

Esewa
Crest

यसैगरी सूचक संस्थालाई सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण तथा लक्षित वित्तीय कारबाहीसम्बन्धी अभिमुखीकरण तथा तालिम सञ्चालन गरिने धितोपत्र बोर्डले जनाएको छ।

धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको कुल संख्याको कम्तीमा १५ प्रतिशतले स्थलगत अनुगमन कार्य गर्ने तथा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) र क्रेडिट रेटिङ कम्पनीहरुको कुल संख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत अनुगमन कार्य गर्ने रणनीति पनि धितोपत्र बोर्डले बनाएको छ।

धितोप बोर्डमा दर्ता भएका सामूहिक लगानी कोष व्यवस्थापक तथा विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरुको कुल संख्याको १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गरिने रणनीति लिइएको छ।

त्यस्तै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ अनुसार कम्तीमा १५ सूचक संस्थाको स्थलगत सुपरिवेक्षण गर्ने, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको परामर्शमा धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर व्यवसायी, सूचीकृत कम्पनीलगायत बजार सहभागी संस्थाहरुका लागि विकास गरिएको प्रतिवेदन प्रारुप लागू गरी कार्यान्वयन गर्ने, सूचीकृत संगठित संस्थाको सुपरिवेक्षणका लागि सुपरिवेक्षण मार्गदर्शन तयार गर्ने, सूचीकृत संगठित संस्थाको परिपालाना अधिकृतहरुलाई संस्थाले प्रवाह गर्नुपर्ने सूचना, विवरण तथा जानकारीका सम्बन्धमा तालिम प्रदान गर्ने, धितोपत्र व्यवसायीको कामकारबाहीका सन्दर्भमा धितोपत्र बोर्डबाट हुने सुपरिवेक्षण व्यवस्था पुनरावलोकन गर्न अध्ययन गर्ने, धितोपत्र व्यवसायीको सुशासन अभ्यासमा सुधार ल्याउन अध्ययन गर्ने र गराउने तथा सूचीकृत संगठित संस्था र धितोपत्र व्यापारीको विस्तृत विवरण अद्यावधिक गर्ने रणनीति धितोपत्र बोर्डले बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS