IME Life New

रास्वपाले ५३ निर्वाचन क्षेत्रमा जित निकाल्दा अन्य दलको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य दलका तुलनामा ठूलो संख्यामा जित हासिल गरेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म ६५ क्षेत्रको अन्तिम नतिजा आएको छ। त्यसमध्ये रास्वपा एक्लैले ५३ क्षेत्रमा विजय हासिल गरेको छ। रास्वपाका उम्मेदवारहरुले अझै ६७ क्षेत्रमा अग्रता लिइरहेका छन्।

Esewa
Crest

दोस्रो धेरै जित निकाल्नेमा नेपाली कांग्रेस रहेको छ। विभिन्न ५ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजय भएका छन् भने १० क्षेत्रमा अगाडि रहेका छन्।

यसैगरी नेकपा एमालेले २ क्षेत्रमा जित हासिल गर्दा नेकपाले एउटा क्षेत्रमा विजयी हासिल गरेको छ। एमालेका उम्मेदवारले १० स्थानमा अग्रता लिइरहँदा नेकपाका उम्मेदवार ६ क्षेत्रमा अगाडि रहेका छन्।

उता एकजना स्वतन्त्रले जित्दा श्रम संस्कृति पार्टीका उम्मेदवार ३ क्षेत्रमा अगाडि रहेका छन् भने राप्रपादका उम्मेदवार एक क्षेत्रमा लिड गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS