IME Life New

मूल्य समायोजनपछि नारायणी डेभलपमेनट बैंकको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ नेप्सेले नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम गरेको हो। हिजोको अन्तिम कारोबार मूल्यअनुसार बैंकको प्रतिकित्ता १३३६.६५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

बैंकले हकप्रद निष्कासन प्रयोजनार्थ आज भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ ८ गतेसम्म कायम शेयरधनीहरुले यो बैंकको हकप्रद शेयर भर्न पाउनेछन्।

गत साउन १५ गते नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। अब बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS