IME Life New

मूल्य समायोजनपछि सिटी होटलको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयर जारी प्रयोजनार्थ सिटी होटलको शेयरभाउ समायोजत गरेको छ।

नेप्सेले सिटी होटलका मूल्य समायोजन गर्दै प्रतिकित्ता ५७८.४२ रुपैयाँ कायम गरेको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ९६१.१५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो होटलको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

हकप्रद शेयर जारी गर्न होटलले भोलि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २६ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य भएका छन्।

नेपाल धितोपत्र बोर्डबाट सिटी होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। होटलले अब आफ्ना शेयरधनीहरुलाई १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

सिटी होटलको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS