IME Life New

अमेरिकामा डोनाल्ड ट्रम्पविरुद्ध भएको विशाल विरोध प्रदर्शनको कारण के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धेरै अमेरिकी सहरमा शनिबार ट्रम्प प्रशासनविरुद्ध विशाल प्रदर्शन भए। यो ‘नो किंग्स’ विरोध प्रदर्शनको तेस्रो चरण हो। जसले लाखौँ मानिसलाई आकर्षित गरिसकेको छ।

आयोजकहरुका अनुसार उनीहरु राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुविरुद्ध प्रदर्शन गरिएको हो। जसमा इरानविरुद्ध युद्ध, संघीय आप्रवासन कारबाही र बढ्दो महँगी रहेका छन्।

Esewa
Crest

सबै ५० अमेरिकी राज्यमा ३ हजार २०० भन्दा बढी स्थानमा विरोध प्रदर्शनको योजना बनाइएको थियो। आयोजकहरुले भने, ‘ट्रम्प हामीलाई तानाशाहजस्तै शासन गर्न चाहन्छन्। तर, यो अमेरिका हो, शक्ति जनताको हो, केही छद्म–राजा वा उनका अर्बपति साथीहरुको होइन।’

ह्वाइट हाउसका प्रवक्ताले विरोध प्रदर्शनहरुलाई ‘ट्रम्प डिरेन्जमेन्ट थेरापी सत्रहरु’का रुपमा वर्णन गरे।

न्युयोर्क, वासिंगटन डीसी र लस एन्जलससहित लगभग हरेक प्रमुख अमेरिकी सहरमा शनिबार दिनभर विरोध प्रदर्शनहरु भए। वासिंगटन डीसी सहरमा दिउँसोभर प्रदर्शन जारी रहे। मानिसहरुले राजधानीका सडकहरुमा मार्च गरे। प्रदर्शनकारीहरुले लिंकन मेमोरियलको सिँढीमा पनि प्रदर्शन गरे।

सेन्ट पलमा रहेको स्टेट क्यापिटल भवनबाहिर धेरै प्रमुख डेमोक्र्याटिक नेताहरुले मञ्चमा भाषण दिए। ‘नो किंग्स’ प्रदर्शनहरु गत जुनमा राष्ट्रपति ट्रम्पको जन्मदिनमा सुरु भएका थिए। जसमा अनुमानित ४० लाख देखि ६० लाख मानिसले २ हजार १०० विरोध प्रदर्शनमा भाग लिएका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS