IME Life New

मार्जिन कारोबार सुविधा लिन ब्रोकरमा लगानीकर्ताको छुट्टै खाता, राफसाफको के छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मार्जिन कारोबार सुविधा लिन ब्रोकरमा लगानीकर्ता छुट्टै खाता खोल्न अनिवार्य गरिने भएको छ। यसको अर्थ ब्रोकरमा हालको लगानीकर्ताको खाताले मार्जिन कारोबार सुविधा लिन पाउने छैनन्।

नेपाल धितोपत्र बोर्डले तयार पारेको ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’को प्रारम्भिक मस्यौदामा मार्जिन कारोबारका लागि ब्रोकरमा लगानीकर्ताले छुट्टै खाता खोल्नुपर्ने प्रस्ताव गरिएको हो।

Esewa
Crest

प्रस्तावित मस्यौदातामा मार्जिन कारोबार सुविधा प्राप्त गर्ने लगानीकर्ताले ब्रोकरमार्फत छुट्टै मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता खोल्नुपर्ने प्रस्ताव गरिएको हो। ब्रोकरले पनि राफसफा प्रयोजनका लागि सीडीएससीमा मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ।

योसँगै मार्जिन कारोबार गर्ने लगानीकर्ताको मार्जिन कारोबार हितग्राही खातालाई ब्रोकरमार्फत खोलिएको मार्जिन कारोबार खाता र राफसाफ सदस्यको मार्जिन कारोबार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ। लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्दा ब्रोकरले मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता सञ्चालसम्बन्धी अधिकृत वारेसनामा लिन सक्ने अधिकार दिने प्रस्तावित पनि मस्यौदामा गरिएको छ।

लगानीकर्ताले मार्जिन कारोबार सुविधाबापत लिएको रकम चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा शेयर बिक्री वा राफसाफ गर्ने प्रयोजनका लागिमात्र अधिकृत वारेसनामा ब्रोकरले प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। यसम्बन्धी भएका कार्यको विवरण भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत जानकारी गराउनुपर्नेछ।

यसैगरी धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार खाताबाटै मार्जिन कारोबार सुविधा दिन सक्ने अवस्थामा भएमा मात्रै मार्जिन कारोबार खाताको आवश्यकता नपर्ने बाटो पनि प्रस्तावित मस्यौदामार्फत बाटो खुला गरिएको छ।

त्यसो त ब्रोकरले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद भएका शेयर दैनिक रुपमा कारोबार गर्दा वा कारोबारपश्चात वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्ने प्रावधान धितोपत्र बोर्डले प्रस्तावित मस्यौदामा निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS