IME Life New

प्रस्तावित निर्देशिकामा कस्तो छ धितोपत्रको आइजीन दिने प्रक्रिया ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएससीले धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका, २०८२ (आइजीन निर्देशिका)को मस्यौदा तयार गरेको लामो समय भइसकेको छ।

सीडीएससीले उक्त निर्देशिकाको मस्यौदा स्वीकृतका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ। तर, विगत ६–७ महिनादेखि निर्देशिकाको मस्यौदा धितोपत्र बोर्डमै थन्किएको अवस्थामा छ।

Esewa
Crest

निर्देशिकाको मस्यौदाबारे जानकारी दिन आज सीडीएससीले छलफल कार्यक्रम राखेको थियो। तर, धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधि उपस्थित भएनन्।

कस्तो छ धितोपत्रको आइजिन दिने प्रक्रिया ?

निर्देशिकाको मस्यौदामा अभौतिकीकरणको सम्झौता भएपश्चात धितोपत्रको निक्षेप गर्नका लागि उक्त संगठित संस्थाले जारी गरेको धितोपत्रको प्रकारअनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई छुट्टाछुट्टै आइजिन प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको छ। तर संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको शेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण शेयर समूहलाई छुट्टाछुट्टै आइजीन प्रदान गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।

यो निर्देशिका लागु हुनुपूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजीन दिई लकइन अवधिमा भएका धितोपत्रसमेतलाई निर्देशिका लागू भएपश्चात फरक–फरक आइजीन प्रदान गरिने प्रस्ताव सीडीएससीले गरेको छ।

आइजीन प्रदान गर्ने विधि

धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य धितोपत्रको लागि धितोपत्र बजारले उपलब्ध गराएको युनिक स्टक सिम्बल र रिफरेन्स नम्बरका आधारमा सीडीएससीले विद्युतीय प्रणालीबाट आइजीन सिर्जना गर्नुपर्नेछ। तर, धितोपत्रको दोस्रो बजारमा तत्काल कारोबार नहुने धितोपत्रका लागि धितोपत्र बजारले उपलब्ध गराउने युनिक स्टक सिम्बल र रिफरेन्स नम्बर आवश्यक पर्ने छैन।

धितोपत्रका लागि प्रदान गरिएको आइजीन तथा दर्ताको जानकारी सम्बन्धित संगठित संस्था, शेयर रजिस्ट्रार, धितोपत्र बजार र धितोपत्र बोर्डलाई गराउनुपर्नेछ।

प्राप्त जानकारीका आधारमा रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि वा संगठित संस्थाले प्रचलित कानुनबमोजिम तयार गरेको विवरण रुजुपश्चात आइपीओ फायल सेटअप गरी अपलोड गरेर हितग्राहीको खातामा जम्मा गर्न सीडीएससीमा अनुरोध गर्नुपर्नेछ।

सीडीएससीले रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधिबाट प्राप्त अनुरोधका आधारमा अपलोड भएको विवरणलाई हितग्राहीको खातामा जम्मा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS