काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ५ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।












