काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा २ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।












