काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ।
योसँगै आज प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४१५ रुपैयाँ थियो।












