काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २ गते सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।












