IME Life New

कति छ प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट नगद झिक्न पाउने सीमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरु (बैंक तथा वित्तीय संस्था र बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्था)ले ग्राहकको सुविधाका लागि भुक्तानी कार्ड जारी गरेका छन्।

त्यस्ता भुक्तानी कार्डमा प्रिपेड, डेबिट र क्रेडिट कार्ड हुन्। ती कार्ड नगद झिक्ने प्रयोजनका लागि प्रयोग रिन्छ।

Esewa
Crest

त्यस्ता भुक्तानी कार्डबाट नगद झिक्दा अधिकतम सीमा रहेको हुन्छ। त्यो सीमाभन्दा माथि नगद झिक्न नपाइने प्रावधान नेपाल राष्ट्र बैंकले गरेको छ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ, प्रतिदिन २० हजार रुपैयाँ र प्रतिमहिना २ लाख रुपैयाँसम्म नगद झिक्न पाइन्छ।

त्यसैगरी डेबिट कार्डबाट प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँसम्म नगद झिक्न सकिन्छ।
क्रेडिट कार्डबाट भने स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झक्न पाउने प्रावधान रहेको छ।

उता बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाले जारी गरेको प्रिपेड कार्डबाट ग्राहकले प्रतिदिन ५ हजार रुपैयाँ र प्रतिमहिना २५ हजार रुपैयाँ नगद झिक्न सक्ने व्यवस्था रहेको छ।

संस्थाले डोमेस्टिक कार्ड स्किमअन्तर्गत अतिरिक्त कार्ड जारी गरेमा समेत ग्राहकको खातामा उपर्युक्तबमोजिम कुल सीमा लागू हुने राष्ट्र बैंकले जनाएको छ। कार्डको अनधिकृत प्रयोगबाट निक्षेपकर्ताको रकम हिनामिना वा चोरी नहोस् भन्ने उद्देश्यका साथै नगदरहित कारोबारलाई प्रोत्साहन गर्नसमेत यस्तो सीमा निर्धारण गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS