IME Life New

सरकारको राष्ट्रिय प्रतिबद्धतामा पुँजीबजार प्राथमिकतामा, बीमामा कस्तो दृष्टिकोण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको राष्ट्रिय प्रतिबद्धतामा पुँजीबजारलाई प्राथमिकतामा राखिएको छ।

प्रमुख ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताअनुसार तयार गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा सरकारले पुँजीबजारलाई पनि प्राथमिकतामा राखेको हो। जसअनुसार पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामकीय सुधार, प्रविधिमैत्री कारोबार तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने नीति सरकारले लिएको छ।

Esewa
Crest

यसैगरी पुँजीबजारमा साना, स्वदेशी र विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाउने प्रतिबद्धता सरकारले गरेको छ। लगानीकर्ताको लगानी सुरक्षित गरिने प्रतिबद्धता पनि सरकारले जाहेर गरेको छ।

संस्थागत लगानीकर्ताको विस्तार, प्रोत्साहन र सहजीकरण गर्दै पुँजी बजार, कर नीति स्थिर र लगानीमैत्री बनाइने सरकारको प्रतिबद्धता रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँचमा पुग्ने गरी विस्तार गर्ने प्रतिबद्धता पनि गरेको छ। ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनुका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलियतहरुलाई सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गर्ने नीति पनि सरकारले लिएको छ।

सरकारले १८ बुँद राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। जसमा आर्थिक क्षेत्रमा स्थायित्व र सुधारदेखि पूर्वधार विकास अनि सुशासन तथा भ्रष्टाचार नियन्त्रणसम्मका प्रतिबद्धता गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS