काठमाडौं । नेप्से परिसूचक बिहीबार २७८२.१८ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ५.८२ अंकले बढेको छ।
बजारमा ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब १ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५५ करोड २६ लाख रुपैयाँको खरिद भएको छ भने ४५ करोड ९६ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ३४ करोड ४० लाख रुपैयाँको खरिद र ३१ करोड ८९ लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैले खरिद धेरै गरेका छन्।












