IME Life New

राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलले मारे बाजी, कस्तो छ पृष्ठभूमि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद डा विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेल, डेपुटी गर्भनर नीलम ढुंगाना तिम्सिना र पूर्वअर्थसचिव दिनेश भट्टराई गरी ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो।

Esewa
Crest

गत चैत २४ गते महाप्रसाद अधिकारीले अनिवार्य अवकाश पाएपछि गभर्नर पद रिक्त रहेको थियो। गभर्नर नियुक्त नहुन्जेलसम्म कामु गभर्नरको भूमिकामा नीलम ढुंगाना तिम्सिना छिन्।

गभर्नरको कार्यकाल सकिनु १ महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने प्रावधान थियो। तर, राजनीतिक भागबन्डा नमिल्दा सरकारले समयमै गभर्नर नियुक्त गर्न सकेन। करिब डेढ महिनापछि सत्तागठबन्धन नेकपा एमाले र नेपाल कांग्रेसबीच सहमति भएपछि राष्ट्र बैंकमा गभर्नर नियुक्त गरिएको छ।

गभर्नर बन्ने आकांक्षी थुप्रिएदेखि अन्ततः विश्व पौडेलले बाजी मारेका छन्। उनी १८ औँ गभर्नर बन्न सफल भएका छन्।

यसअघि कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई र एमालेले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई गभर्नरमा नियुक्त गर्ने दाउमा थिए। तर, सभापति देउवाको अडानपछि पौडेललाई गभर्नरमा नियुक्त गर्न प्रधानमन्त्री ओली तयार भएका हुन्।

उता सर्वोच्च अदालतले पनि आजै पौडेललाई गभर्नर बन्न ग्रिन सिग्नल दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको आदेश सदर गरेको हो। योसँगै पौडेल गभर्नर बन्न बाटो खुला भएको छ। पौडेललाई गभर्नर बनाउन नमिल्ने भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च रिट दायर गरेका थिए।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका पौडेलले अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का समेत आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्। पौडेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार बनेका थिए। तर, उनी पराजित भए।

पौडेलले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापन पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS