IME Life New

‘डी एन्ड ओ’ बीमा भनेको के हो ? कम्पनीहरुलाई यो बीमा किन आवश्यक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘डी एन्ड ओ’ बीमा अर्थात् निर्देशक तथा अधिकारीहरु बीमा हो। कम्पनीका निर्देशक तथा वरिष्ठ अधिकारीहरुलाई उनीहरुको कार्यसँग सम्बन्धित कानुनी दाबी, आरोप वा मुद्दाबाट जोगाउने एक प्रकारको बीमा हो।

यदि कम्पनी वा यसका अधिकारीहरु कुनै निर्णय, गल्ती, लापरबाही वा कर्तव्य उल्लंघनको कारणले अदालत वा नियामक निकायमा फसे भने यो बीमाले उनीहरुको कानुनी खर्च, क्षति र भुक्तानी रकम समेट्छ। यो बीमा विशेषगरी कम्पनी शेयरधनी, कर्मचारी, अधिकारीहरु वा तेस्रो पक्षले कम्पनीका लिडरहरुमाथि मुद्दा हाल्छ उपयोगी हुन्छ। यसले कम्पनी र यसका अधिकारीहरुको व्यक्तिगत र व्यावसायिक पुँजीलाई जोगाउँछ।

Esewa
Crest

ठूला कम्पनीदेखि स्टार्टअपसम्म यो बीमा आवश्यक छ। प्रत्येक कम्पनीमा कुनै न कुनै निर्देशक वा प्रबन्धक हुन्छन्। यो बीमा उनीहरुको प्रतिष्ठालाई सम्हाल्न र कुनै पनि अदालती कारबाहीको समयमा लाग्ने लागत वहन गर्न धेरै महत्वपूर्ण छ।

अन्तर्राष्ट्रिय बजारमा डी एन्ड ओ बीमाको प्रचलन रहेको छ। यो बीमाको माग पछिल्लो समय बढ्दै गएको छ।

नेपालमा भने हालसम्म डी एन्ड ओ बीमा प्रचलनमा आएको छैन। जसका कारण कुनै कानुनी झमेला पर्दा सम्बन्धित कम्पनी वा स्वयं कर्मचारीले आफ्नै खर्चमा कानुनी लडाइँ लड्नुपर्ने अवस्था रहेको छ।

नेपाल बीमक संघका पूर्वअध्यक्ष एवं सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्रीले हालसम्म नेपालमा डी एन्ड ओ बीमा प्रचलन नरहेको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा यो बीमा प्रचलनमा छ तर नेपालमा परिकल्पनै गरिएको छैन’, उनले भने, ‘तर, कम्पनी र तिनका अधिकारी तथा कर्मचारी अनि शेयरधनीलाई यो बीमा अतिआवश्यक छ। यो बीमाले भइपरि आउने कानुनी लडाइँमा आर्थिक हिसाबले सहयोग पुर्याउँछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS