IME Life New

कस्ता बीमा कारोबार सीमाभन्दा बढी ? बीमकले यथाशीघ्र बुझाउनुपर्नेछ प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीमा कारोबारसम्बन्धी सीमा निर्धारण गरेको छ। प्राधिकरणले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ जारी गर्दै बीमा कारोबारको सीमा निर्धारण गरेको छ। निर्धारित सीमाभन्दा बढी बीमा कारोबार भएको खण्डमा बीमकले तत्कालै प्राधिकरणको वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्नेछ।

निर्देशनअनुसार एकमुष्ट वा पटक–पटक गरी तोकिएको सीमाभन्दा बढी बीमासम्बन्धी कारोबार भएका प्रत्येक ग्राहकको कारोबारको विवरण यथाशीघ्र वा कारोबार भएको मितिले बढीमा १५ दिनभित्र वित्तीय जानकारी इकाइले प्राधिकरणको तोकेको ढाँचामा विद्युतीय सफ्टवेयरमार्फत गोएएमएल सिस्टममा प्रविष्ट गर्नुपर्नेछ।

Esewa
Crest

यस्ता कारोबारको प्रतिवेदन पेस गर्नुपर्ने

  • एक वर्षमा ३ लाख रुपैयाँ वा सोभन्दा बढी रकम बीमाशुल्क तिर्नुपर्ने गरी निर्जीवन बीमालेख खरिद गरेमा,
  • एक वर्षमा १ लाख रुपैयाँ वा सोभन्दा बढी रकम बीमाशुल्क तिर्नुपर्ने गरी जीवन बीमालेख खरिद गरेमा,
  • जीवन बीमा गर्ने बीमितले बीमालेख धितोमा बीमालेखको सर्तअन्तर्गत १ करोड रुपैयाँ वा सोभन्दा बढी रकम ऋण लिएमा,
  • जीवन बीमाअन्तर्गत प्रतिग्राहक जुनसुकै प्रकारको दाबी भुक्तानी रकम १ करोड रुपैयाँ वा सोभन्दा बढी भएमा,
  • निर्जीवन बीमाअन्तर्गत प्रतिग्राहक जुनसुकै प्रकारको दाबी भुक्तानीमा संस्थागत ग्राहकले ३ करोड वा सोभन्दा बढी रुपैयाँ र व्यक्तिगत ग्राहकले १ करोड वा सोभन्दा बढी रुपैयाँको कारोबार भएमा।
  • निर्देशनअनुसार सीमा कारोबार विवरणसम्बन्धी अन्य व्यवस्था इकाइले जारी गरेको मार्गदर्शनबमोजिम हुनेछ।

खास कारोबारमा विशेष ध्यान दिनुपर्ने

बीमकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ढमा उल्लिखित विषयका अतिरिक्त खास बीमा कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ।

यस्ता छन् विशेष ध्यान दिनुपर्ने विषय

  • १ लाख रुपैयाँभन्दा बढी एकल बीमाशुल्क भुक्तानी हुने बीमालेख,
  • १० लाख रुपैयाँभन्दा बढी बीमांक भएका समर्पण, पुनर्जागरण, रद्द, ऋण प्रदान गरिएका तथा सर्त परिमार्जन गरिएका बीमालेखा,
  • विदेशी ग्राहकसँगको कारोबार, पहिचान नखुलेको कारोबार र
  • बीमकले जोखिमका आधारमा आफैँ पहिचान गरेका खास कारोबार।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS