IME Life New

सेबोन अध्यक्ष र लगानीकर्ताबीच छलफल, के-के भयो कुराकानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र शेयर लगानीकर्ताका छाता संगठनका प्रतिनिधिबीच आज छलफल भएको छ।

सेबोनको कार्यालयमा भएको भेटमा अध्यक्ष श्रेष्ठ र शेयर लगानीकर्ताका प्रतिनिधिबीच पुँजीबजारका विषयमा समसामयिक छलफल भएको थियो। छलफलमा पुँजी बजारको विकास, विस्तार तथा सुधारका लागि शेयर लगानीकर्ताका प्रतिनिधिहरुले आवश्यक सुझाव दिएका थिए।

Esewa
Crest

छलफलमा अध्यक्ष श्रेष्ठले पुँजी बजारको विकास र सुधारका लागि आफू लागिपरेको बताए। लगानीकर्ताबाट प्राप्त सुझावलाई अवलम्बन गर्दै थप नीतिगत व्यवस्था गर्दै जाने उनले प्रतिबद्धता जनाएका थिए।

छलफलमा नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन नेपाल, नेपाल शेयर बजार लगानीकर्ता संघलगायतका प्रतिनिधिको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS