IME Life New

अध्यक्षविहीन नेप्सेमा नीतिगत विषय ‘चिया गफ’मै सीमित, के भन्छ अर्थ मन्त्रालय ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षविहीन भएको करिब २ महिना पुग्न लागिसकेको छ। तर, अर्थ मन्त्रालयले भने नेप्सेमा नयाँ अध्यक्ष नियुक्तिमा खासै चासो देखाएको देखिँदैन।

नेप्सेको काँधमा ल्याउनैपर्ने थुप्रै नीतिगत व्यवस्था थुप्रिएको छ। यद्यपि, अध्यक्ष नहुँदा कुनै पनि विषय अगाडि बढ्न सकेको छैन।

Esewa
Crest

नेप्सेले धितोपत्र बोर्डले कार्यान्वयन ल्याउन भनेको एसएमई प्लेटफर्मको विनियमावली पनि तयार गरिसकेको छ। तर, महिनौँदेखि विनियमावली नेप्सेको सञ्चालक समितिमा पेस हुन सकेको छैन।

अर्कोतर्फ धितोपत्र बोर्डले नै नेप्सेको पुनर्संरचनाका लागि आवश्यक कार्ययोजना बनाउन नेप्सेलाई निर्देशन दिएको छ। यो कार्ययोजना पनि लगभग तयार नै छ तर अध्यक्ष नहुँदा सञ्चालक समितिमा जान सकेको छैन।

उता आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि नेप्सेले तयार गरिसकेको छ। तर, अध्यक्ष नहुँदा स्वीकृत हुन सकेको छैन।

केही अन्य नीतिगत व्यवस्था परिवर्तनमा नेप्सेमा छलफल भइरहेको छ। अध्यक्ष नहुँदा त्यस्ता विषयहरु ‘चिया गफ’मै सीमित भइरहेको नेप्सेका एक अधिकारीले बताए। ‘अब अध्यक्ष नआएसम्म कुनै नीतिगत कुरा अगाडि बढ्दैन, अनि चिया गफमै त सीमित हुने भयो नि ती महत्वपूर्ण विषयहरु’, ती अधिकारीले भने।

अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय शाखाका प्रमुख सहसचिव सेवन्तक पोखरेलले अब छिट्टै नेप्सेमा नयाँ अध्यक्ष पठाउने तयारी भइरहेको बताए। अध्यक्ष नभएकै कारण नेप्सेबाट हुनुपर्ने नीतिगत निर्णय भने नरोकिएको उनले दाबी गरे। ‘अध्यक्ष नभए पनि एकजना सञ्चालककै नेतृत्वमा नेप्से सञ्चालक समितिको बैठक बसिरहेको छ, नीगित निर्णय त गर्न मिलिहाल्छ नि’, उनले भने।

सहसचिव पोखरेल यसो भनिरहँदा नेप्सेकै एक सञ्चालकले भने सञ्चालक समितिको बैठक बसे पनि निर्णय गर्ने कुरामा अगाडि बढ्न नसकिने स्पष्ट पारे। ‘शोभाकान्त पौडेल नेप्सेबाट जानुभएपछि एकपटक सञ्चालक समितिको बैठक बसेको जस्तो लाग्छ’, ती सञ्चालकले भने, ‘अध्यक्ष नै नभएको अवस्थामा सञ्चालकको नेतृत्वमा बसेको बैठकले कसरी नीतिगत निर्णय गर्ने ? उही छलफल गर्ने काममात्र भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS