काठमाडौं । शेयर बजारमा मंगलबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूह बढेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.८९ प्रतिशतले बढेको छ।
आज बजारमा २१० कम्पनीको शेयरभाउ बढेको छ भने ५७ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा यो दिन ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार केबीएल डिबेन्चरको भएको छ।
उच्च कारोबार भएका शेयर र डिबेन्चर
- केबीएल डिबेन्चरः २० करोड ७५ लाख रुपैयाँ
- एडीबीएल डिबेन्चरः १७ करोड ९२ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकः १६ करोड ८६ लाख रुपैयाँ
- गरिमा डिबेन्चरः १६ करोड ७७ लाख रुपैयाँ
- कर्पोरेट डेभलपमेन्ट बैंकः १५ करोड ३१ लाख रुपैयाँ
- एभरेष्ट बैंक डिबेन्चरः १४ करोड ६८ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १२ करोड ३२ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ११ करोड १९ लाख रुपैयाँ
- नबिल बैंकः १० करोड १७ लाख रुपैयाँ
- सिटी होटलः ९ करोड ११ लाख रुपैयाँ












