IME Life New

एक वर्षमा सर्वाधिक शेयर कारोबार गर्ने शीर्ष १० ब्रोकर कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा गत आर्थिक वर्ष २०८१।८२ मा सर्वाधिक कारोबार गर्ने १० ब्रोकरहरुको सूची सर्वाजनिक भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज शेयर कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूची सार्वजनिक गरेको हो। हाल सञ्चालनमा रहेका ९० वटा ब्रोकर र २ स्टक डिलरमध्ये नासा सेक्युरिटिजले सर्वाधिक शेयर कारोबार गरेको देखिएको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा नासा सेक्युरिटिजले १ खर्ब २९ अर्ब १ करोड ८९ लाख रुपैयाँबराबरको शेयर बिक्री गरेको छ भने १ खर्ब २९ अर्ब ४० करोड १८ लाख रुपैयाँबराबरको शेयर खरिद गरेको छ।

यसैगरी दोस्रोमा इम्पेरियल सेक्युरिटिज कम्पनी रहेको छ। यो ब्रोकरले ८३ अर्ब २१ करोड ५५ करोडको शेयर बिक्री गरेको छ भने ८७ अर्ब ७ करोड ४१ लाख रुपैयाँबराबरको शेयर खरिद गरेको छ।

तेस्रोमा भिजन ७९ अर्ब ७८ करोड ९७ रुपैयाँबराबरको शेयर बिक्री गरेको छ भने ७७ अर्ब २३ करोड ४५ लाख रुपैयाँबराबरको शेयर खरिद गरेको छ।

यी हुन् शीर्ष १० भित्र शेयर कारोबार गर्ने अन्य १० कम्पनी

सनी सेक्युरिटिज

  • बिक्रीः ७२ अर्ब ५६ करोड ४२ लाख रुपैयाँ
  • खरिदः ७२ अर्ब ७० करोड ३७ लाख रुपैयाँ

अनलाइन सेक्युरिटिज

  • बिक्रीः ७० अर्ब ५९ करोड १९ लाख रुपैयाँ
  • खरिदः ६८ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ

आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज

  • बिक्रीः ६० अर्ब ३७ करोड ९ लाख रुपैयाँ
  • खरिदः ६० अर्ब १६ करोड २४ लाख रुपैयाँ

डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज

  • बिक्रीः ५४ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ
  • खरिदः ५५ अर्ब २४ करोड ६५ लाख रुपैयाँ

दिपशिखा धितोपत्र कारोबार कम्पनी

  • बिक्रीः ५२ अर्ब १० करोड १९ लाख रुपैयाँ
  • खरिदः ५१ अर्ब ६ करोड १ लाख रुपैयाँ

एबीसी सेक्युरिटिज

  • बिक्रीः ५० अर्ब ७० करोड ९४ लाख रुपैयाँ
  • खरिदः ४७ अर्ब २१ करोड ७६ लाख रुपैयाँ

श्रीहरि सेक्युरिटिज

  • बिक्रीः ४२ अर्ब ८६ करोड ६४ लाख रुपैयाँ
  • खरिदः ४१ अर्ब ५१ करोड १७ लाख रुपैयाँ

गत आर्थिक वर्षमा ९० वटा ब्रोकर र २ वटा स्टक डिलरले कुल २१ खर्ब ६ अर्ब ३३ करोड रुपैयाँ शेयर बिक्री गरेका छन् भने सोही रकमबराबरको शेयर खरिद भएको छ।

broker

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS