काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार सुदूरपश्चिम प्रदेशका तराई लगायत बाँकी हिमाली र पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
दिउँसो हिमाली भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाको अनुमान रहेको छ।
महाशाखाका अनुसार, हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेकाले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ।












