IME Life New

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाईने बताएका छन् । आज मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताएका हुन् ।

उनले भने, “सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ । दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउने छौँ ।”

Esewa
Crest

यसैगरी मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताअनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको जिकिर गरे ।

“सबैका लागि स्वच्छ पानी भन्ने दृष्टिकोणका साथ सरकार दिगो विकास लक्ष्य अनुरूप प्रत्येक नागरिकका घरसम्म सुरक्षित, गुणस्तरीय र पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यमा प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रलाई सुदृढ, समावेशी र दीर्घकालीन समाधानमुखी बनाइने छ,” मन्त्री यादवले भने ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आज उद्घाटन गरिएको बृहत शक्ति खानेपानी आयोजनाले यहाँका नागरिकले शक्ति खोलाको सुरक्षित, स्वच्छ एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने छन भन्ने आफुले पूर्ण विश्वास लिएको बताए । उनले भने, “शक्ति खोला मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गरिने छ । यसको जलस्रोत वर्षा र वरपरका साना छहरा तथा भू–गर्भीय स्रोतबाट प्राप्त हुने तथा खोला आसपासका क्षेत्रहरू कृषि तथा बस्तीका लागि उपयुक्त रहने छन् ।”

्सो कार्यक्रमका विशिष्ट अथिती एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताए ।

खानेपानी तथा सरसफाईको दीगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको संयुक्त प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका मानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS