IME Life New

तस्बिरमा हेर्नुहोस् नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा गरिएको प्रभातफेरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

काठमाडौंको भद्रकालीबाट बिहान ७ बजेबाट प्रभातफेरी सुरु भएको थियो। प्रभातफेरी भृकुटमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो।

Esewa
Crest

प्रभातफेरीमा सबै जीवन, निर्जीवन, लघु बीमा (जीवन र निर्जीवन) र पुनर्बीमा कम्पनीका सीईओदेखि लिएर उच्च पदस्थ कर्मचारीका साथै अन्य कर्मचारीको उत्साहजनक सहभागिता थियो। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसहित सञ्चालक समितिका सदस्य र अन्य कर्मचारी सहभागिता थियो।

प्रभातफेरीमा विभिन्न बीमा कम्पनीका अभिकर्ताका साथै सर्भेयरको उल्लेख्य सहभागिता थियो।

बीमा प्राधिकरणले आयोजना गरेको प्रभातफेरी भद्रकाली, सहिद गेट, रत्नपार्कहुँदै प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेको थियो।

भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, निर्जीवन बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा वार्षिकोत्सवमा आयोजित विभिन्न प्रयोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS