IME Life New

वारेन बफेटका यी ६ लगानी रणनीतिले बन्न सकिन्छ सफल !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका दिग्गज लगानीकर्ता एवं पाँचौँ धनीव्यक्ति वारेन बफेटले हालै बर्कशायर हाथवेको सीईओ पदबाट हट्ने घोषणा गरेका थिए। योसँगै उनको ६ दशकको कार्यकाल समाप्त हुनेछ।

बफेट र चार्ली मंगरको नेतृत्वमा बर्कशायर हाथवे एउटा टेक्सटाइल फर्मबाट १.११ ट्रियल डलरको समूहमा परिणत भएको छ। यतिमात्रै होइन अहिले कम्पनीसँगै रेडर्कतोड ३४७.७ अर्ब डलरको क्यास रिभर्स पनि छ।

Esewa
Crest

वारेन बफेट भन्छन्, ‘जब अरु लोभी हुन्छ तब आफू त्रसित हुनुपर्छ। अनि जब अरु त्रसित हुन्छन् तब आफू लोभी बन्नुपर्छ।’ यस्तै लगानी रणनीतिबाट बफेटले सफलता प्राप्त गरेका हुन्। आज हामी यहाँ बफेटका ६ वटा लगानी रणनीतिबारे चर्चा गर्न गरिरहेका छौँ।

आफ्नो क्षमताको दायराभित्र लगानी

बफेटका अनुसार जोखिम तब आउँछ जब तपाइँलाई थाहा नै हुँदैन कि तपाइँ के गरिरहनुभएको छ। त्यसैले आफूले वास्तवमै बुझेको क्षेत्र र व्यवसायमा लगानी गर्न बफेट सल्लाह दिन्छन्।

दीर्घकालनी सोच र संयम रहने

बफेट दीर्घकालीन लगानीलाई जोड दिन्छन्। उनको मनपर्ने बानी भनेकै लगानी गर्ने अनि होडिङ गर्ने हो। अहिलेको शेयर बजारमा यो कुरालाई बेवास्ता गरिरहेको पाइन्छ। त्यसैले लङ टर्म होल्डिङको रणनीतिका साथ लगानी गर्नुपर्छ। यसो गरेमा भविष्यमा राम्रै फाइदा हुन्छ। यस सरल सिद्धान्तले धैर्य र संयमलाई महत्व राख्छ।

आफ्नो भावनामा नियन्त्रण

बफेटले बर्कशायर हाथवेको वार्षिक कार्यक्रमहरुमा भन्ने गरेका छन् कि उनी डल र लोभलाई आफ्ना लगानीकर्ताको फैसलामाथि हाबी हुन दिने छैन। त्यसैले जब अरु लाभी हुन्छन् तब डराउनुपर्छ। अनि जब अरु डराउँछन् तब आफू लोभी हुनुपर्छ।

सुरक्षाको मार्जिन सुनिश्चित

बफेटका अनुसार सस्ता शेयर भन्दैमा लगानी गर्नु गल्ती हुन सक्छ। यस्ता कुराबाट बच्न लगानी सुरक्षाको मार्जिन सुनिश्चित गर्नुपर्छ। त्यसैले क्लासिक आइडियाले पुँजीको सुरक्षामा मद्दत गर्छ। खासगरी आर्थिक मन्दी र अनिश्चित बजारको स्थितिमा यो निकै लाभदायक हुन्छ।

भीडको पछाडि नलागौँ

बफेट जहिले पनि स्वतन्त्र सोचको सल्लाह दिन्छन्। शेयर बजारमा धेरै लगानीकर्ता भीडको पछाडि लाग्छन्। यसले खराब लगानी निर्णयलाई जन्म दिन्छ। त्यसै उचित क्षेत्रमा लगानी गर्न आफैँ अध्ययन र विश्लेषण गर्न आवश्यक हुन्छ।

आफैँमा लगानी

बफेट जहिले पनि व्यक्तिगत विकास र वृद्धिको पैरवी गर्छन्। किताबका माध्यमबाट निरन्तर सिक्न, बुद्धिजीवीहरुको कुरा सुन्न, वित्तीय सुरक्षा बढाउन र कुशल मार्गदर्शनले राम्रो लगानी परिणाम प्राप्त मद्दत मिल्ने बफेटको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS