IME Life New

इजाजत नलिई साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्ने कम्पनीमाथि कारबाहीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजाजत नलिई साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्ने संस्था वा कम्पनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ।

पर्यटन विभागले एक सूचना जारी गर्दै इजाजत नलिई साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्ने संस्था वा कम्पनीमाथि कारबाही गरिने चेतावनी दिएको हो। हाल सुरक्षा मापदण्डको विश्लेषण नै नगरी विना इजाजत साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन भइरहेको गुनासा आइरहेको विभागले जनाएको छ।

Esewa
Crest

पर्यटन ऐन र उद्योग सेवा प्रवाह निर्देशिकाबमोजिम त्यस्ता साहसिक र मनोञ्जनात्मक खेल सञ्चालन गर्न पर्यटन विभागबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ। त्यस्ता साहसिक र मनोञ्जनात्मक खेलहरुमा बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप लाइन, जिप कोस्टर, जेट स्की, मोटरबोटलगायत छन्।

इजाजत नलिई त्यस्ता साहसिक र मनोरञ्जनात्मक खेलहरु सञ्चालन गर्ने कम्पनी तथा संस्थालाई ३० दिनभित्र आवश्यक कागजपत्रसहित सम्पर्कमा आउने विभागले सूचित गरेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआएको खण्डमा त्यस्ता कम्पनीमाथि कारबाही अगाडि बढाइने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS