काठमाडौं । दोलखामा प्रतिनिधिसभा चुनावको मतगणना कार्य आज दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको यस दोलखा जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । १ लाख ७० हजार ३२१ कुल मतदाता रहेकोमा ८४ हजार ४८१ ले मात्रै मतदान गरेका हुन् ।
यस क्षेत्रमा रास्वपाका जगदीश खरेल, नेपाली कांग्रेसका अजयबाबु सिवाकोटी, एमालेका पार्वत गुरुङ, नेकपाका विशाल खड्का र राप्रपाका प्रविणकुमार थोकर तामाङ उम्मेदवार छन् ।












