IME Life New

भिजन सेक्यूरिटिजद्वारा कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्यूरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) ले उपत्यका वाहिर रहेका ९ वटा र उपत्यकाका ३ वाट शाखा गरि जम्मा १२ वटा शाखाका कर्मचारीहरुलाई चैत्र २२ गतेबाट २४ गते सम्म अभिमुखिकरण तालिम दिएको छ । सो तालिम द कल्चर सिरोर्ट लेकसाईड, पोखरा, कास्कीमा आयोजना गरिएको हो ।

सम्पत्ती शुद्धिकरण निवारण ऐन संग सम्वन्धीत नीतिहरु तथा अन्य सेवा प्रभाहसंग सम्वन्धीत विषयवस्तु तथा साईवर सेक्युरिटिज् सम्वन्धी विषयमा तालिम सम्पन्न भएको छ । मुख्य कार्यालय तथा शाखा कार्यलयहरुवाट उक्त कार्यक्रममा ६२ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा यस प्रा.लि.का वरिष्ठ आईटी अधिकृत आकाश कुमार साहले Cyber Security  सम्वन्धी जानकारी दिएका थिए भने प्रमुख सञ्चालन अधिकृत तथा कार्यन्वयन अधिकृत प्रकाश अधिकारीले कार्य विवरण, कार्मचारी एवं ग्राहकहरु संगको समन्वय र सम्पत्ति शुद्धिकरण निवारणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रा.लिका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले आफ्नो कम्पनीको कार्य योजना, उद्देश्य, लक्ष्य अनुरुप ग्राहकहरु संग समन्वय गरि सेवा प्रदान गर्न कर्मचारीहरु लाई निर्देशन दिएका थिए ।

यस प्रा.लि.को हाल उपत्यका वहिर वनेपाको चारदोवाटो, भैरहवाको नारायणपथ, कावासोतीको सभापतिचोक, दमौलिको सफासडक, पोखराको चिप्लेढुंगा, वेनीको गणेशटोल ईलामको ईलाम वजार, कैलालीको धनगढी र कपिलवस्तुको चन्दौटामा गरि ९ वाट शाखा सञ्चालन छन भने उपत्यका भित्र ललितपुरको कुमारीपाटी, भक्तपुरको गठ्ठाघर, र काठमाडौको अनामनगर गरि १२ वटा कार्यालयहरुवाट धितोपत्र कारोवार सम्वन्धी सेवा प्रवाह गर्दै आएको छ ।

यस प्रा.लि.ले सम्पुर्ण शाखाका कर्मचारीहरुलाई समेटिने गरि प्रत्येक वर्ष कर्मचारी अभिमुखिकरण तथा तालिम कार्यक्रम गर्दै आई रहेको र आगामी वर्षहरुमा समेत निरन्तरता दिने जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS