IME Life New

आर्थिक रुपमा बलियो बन्दै भियतनामको बेरोजगारी बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भियतनामको बेरोजगारी बीमा कोष आगामी ३ वर्षसम्म आर्थिक रुपमा बलियो स्थितिमा रहनेछ।

सन् २०२३–२०२५ अवधिका लागि आम्दानी र खर्च योजना तथा समग्र वित्तीय स्थिरताको विश्लेषण गर्दै भियतनामको गृह मन्त्रालयले यस अवधिभर कोषको आम्दानी, खर्च नियन्त्रण र सन्तुलन सकारात्मक रहने जनाएको छ। मन्त्रालयको पछिल्लो प्रतिवेदनले सन् २०२४ मा बेरोजगारी बीमामा भाग लिने कामदारको संख्या १ करोड ६६ लाख पुग्ने अपेक्षा गरिएको छ। जुन सन् २०२३ को तुलनामा लगभग १८ लाख बढी हो।

Esewa
Crest

यसैगरी योगदान गणना गर्दा औसत तलब लगभग ६७ लाख भियतनामी डङ्ग–भीएनडी (स्थानीय मुद्रा) मा बढ्नेछ। जुन गत वर्ष ६१ लाख भीएनडी थियो। भियतनाम सरकारले भनेको छ, ‘नियमित तलब समायोजन र रोजगारी वृद्धि यो सकारात्मक प्रवृत्तिको मुख्य कारण हो।’
सन् २०२३ मा कोषको कुल आम्दानी लगभग २ करोड ३१ लाख भीएनडी थियो र खर्च २२ अर्ब ९० करोड भीएनडी थियो। यद्यपि, सन् २०२४ मा आम्दानी २५ करोड ६८ करोड भीएनडी पुग्ने अनुमान गरिएको छ। खर्च २३ अर्ब भीएनडीभन्दा अलि बढीले घट्ने अपेक्षा गरिएको छ।

फलस्वरुप कोषले वर्षको अन्त्यमा ६७ अर्ब ४० करोड भीएनडीको अधिशेषका साथ वर्षको अन्त्य गर्न सक्छ। जुन गत वर्षको तुलनामा लगभग ४ अर्ब ७० करोड भीएनडी बढी हो।

विश्लेषणले देखाउँछ कि सन् २०२५ मा आम्दानी थोरै बढे पनि खर्चको दर उल्लेखनीय रुपमा बढ्न सक्छ। यो वर्षका लागि आम्दानी लगभग २५ अर्ब ७० करोड भीएनडी र खर्च २७ अर्ब २० करोड भीएनडीहुने अनुमान गरिएको छ। यद्यपि, सन्तुलन जोखिममा छैन।

कोषको दिगो वित्तीय सुरक्षा सुनिश्चित गर्दै यो वर्षको अन्त्यमा कोषमा लगभग ६७ अर्ब ४० करोड भीएनडी बाँकी रहने अनुमान गरिएको छ। सरकारले स्थिर श्रम बजार, नियमित तलब वृद्धि, सहभागीहरुको बढ्दो संख्या र राम्रोसँग सोचविचार गरिएको लागत व्यवस्थापन संरचनाका कारण आगामी वर्षहरुमा बेरोजगारी बीमा कोषलाई अझ बलियो बनाइने जनाएको छ। यसले देशको सामाजिक सुरक्षा ढाँचालाई अझ लचिलो बनाउने मात्र नभएर वित्तीय जोखिमहरु सामना गर्न कोषलाई दीर्घकालीन दिगोपन पनि प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS