IME Life New

भियतनाममा बेरोजगार बीमासहितको संशोधित कानुन लागू, युवालाई राहात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भियतनाममा बेरोजगार बीमासहितको संशोधित रोजगार कानुन लागू भएको छ।

भियतनामको राष्ट्रियसभाबाट ९९.१२ प्रतिशतले संशोधित कानुन पारित गरेको हो। संशोधित कानुनमा रोजगारी सिर्जना गर्ने, श्रम दर्ता, सीपमूलक तालिम र बेरोजगार बीमाजस्ता युवा लक्षित व्यवस्थाहरु गरिएको छ। संशोधित कानुनले रोजगारीमा रहेका र बेरोजगार रहेका दुवै थरीका युवालाई राहात मिल्ने विश्वास गरिएको छ।

Esewa
Crest

संशोधित कानुनअनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरकाले काम गर्न पाउनेछन्। रोजगारीमा हुने भेदभाव संशोधित कानुनमार्फत अन्त्य गरिएको छ। रोजगारीसम्बन्धी धोखाधडी र श्रम तथ्यांकको दुरुपयोग गर्न संशोधित कानुनमा कठोर व्यवस्था ल्याइएको छ। श्रम दर्ताका क्रममा उपलब्ध गराइने व्यक्तिगत विवरण सुरक्षित गर्ने प्रावधान पनि ल्याइएको छ।

यो संशोधित कानुन लागू भएसँगै भियतनाममा अब बेरोजगार बीमामार्फत युवाहरुलाई जागिरको परामर्श, सीपमूलक तालिम र वित्तीय सहयोग प्रदान गरिने भएको छ। यसका लागि कर्मचारीको मासिक तलबबाट १ प्रतिशत रकम काटिनेछ भने त्यसमा रोजगारदाता र सरकारले १ प्रतिशत योगदान गर्नुपर्नेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS