IME Life New

झन्डै लाख करदाताको भ्याट दर्ता निलम्बन, तपाइँको पर्यो कि ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले कर विवरण नबुझाएका झन्डै एक लाख करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकैपटक निलम्बन गरेको छ।

विभागले आज जेठ ११ गते सार्वजनिक सूचना प्रकाशित गरी विगत ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको भ्याट दर्ता एकैपटक निलम्बन गरेको हो। निलम्बनमा परेका करदाताको नामावली पनि विभागले सार्वजनिक गरेको छ।

Esewa
Crest

यसअघि विभागले कर विवरण नबुझाउने करदाताका नाममा १५ दिने अल्टिमेटमसमेत दिएको थियो । सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो।

तोकिएको अवधिभित्र अधिकांश करदाताले यस्तो विवरण नबुझाएपछि विभागको ९ जेठको निर्णय अनुसार भ्याट दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । विभागले यसरी निलम्बनमा परेका करदातासँग खरिद–बिक्री नगर्न सरोकारवाला सबैमा सूचित गरेको छ।

निलम्बित करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरी दर्ता गर्न चाहे सबै अवधिको कर विवरण पेस गरेपछि ‘सस्पेन्डेड लिस्ट’ बाट स्वतः हट्ने व्यवस्था विभागले गरेको छ।

यी हुन् निलम्बनमा परेका करदाता

ird

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS