IME Life New

ग्लोबल मनी विकमा बैंकर्स संघ बागमती प्रदेशको विभिन्न जनचेतनामूलक कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी विकका अवसरमा नेपाल बैंकर्स संघको बागमती प्रदेश (चितवन) समितिले विभिन्न चेतनामूलक वित्तीय साक्षरता कार्यक्रम गरिहेको छ।

हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा देशव्यापी रुपमा ग्लोबल मनी विक मनाइन्छ। यसपालि यो अभियान मार्च १७ देखि २३ सम्म मनाइँदैछ। ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ यो कार्यक्रम मनाउने क्रम जारी रहेको छ।

Esewa
Crest

यसै सन्दर्भमा कार्यक्रममा क, ख, ग वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित शुक्रबार बैंकर संघको बागमती प्रदेशले एक बृहत र्याली आयेजना गरेको छ। यसका साथै वित्तीय साक्षरताको प्रवर्द्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम पनि आयोेजना गरिएको थियो।

बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नका साथै अहिलेको युवापुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने गरेका छन्। अग्रनाइजेजन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रुपमा यो अभियान सञ्चालन हुँदै आएको छ। यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओईसीडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS