IME Life New

अमेरिकी विदेश मन्त्रालयले रद्द गर्यो ६ हजार विद्यार्थीको भिसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानुन तोडेको र ओभरस्टे गरेको आरोपमा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ।

मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो घटना मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र ‘आतंकवादलाई समर्थन गर्ने’ सँग सम्बन्धित छन्। यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो। जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीमाथि पनि कडाइ गरिएको छ।

Esewa
Crest

यद्यपि विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन। ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने केही विद्यार्थीमाथि पनि कारबाही गरेको छ।

बीबीसीसँग विदेश मन्त्रालयले भन्यो, ‘६ हजारमध्ये ४ हजार भिसा कानुन तोडेको आरोपमा रद्द गरिएको छ। यसबाहेक आईएनए ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा २०० देखि ३०० भिसा रद्द गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS